लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, पुस ९ । लुम्बिनीविकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न
भएको छ ।
साधारण सभाले आ.ब. २०७७/७८को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७८/७९ को लागि लेखा परीक्षकको नियुत्ति mलगायतका प्रस्तावहरु पारित गरेको छ । साथै शेयरधनी महानुभावहरुलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयर सहितकुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४आंै वार्षिक साधारणसभामा बैंकले कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनी महानुभावहरुलाई सहभागिता गराएको थियो ।
सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.ब. २०७७/७८को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।
लुम्बिनीविकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्