आज पनि बढ्यो शेयर बजार, साढे चार अर्ब रुपैयाँको कारोबार

काठमाडौं, पुस ८ । शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन आज पनि बढेको छ । नेप्से बिहीवार १२ दशमलव ५३ प्रतिशतले बढेर दुई हजार पाँच सय २० दशमलव २३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र लगानी समूहको शेयर बढेको छ । विकास बैंक, फाइनान्स र जलविद्युत समूहको शेयर भने घटेको छ ।

आज दुई सय २९ कम्पनीका ८३ लाख २३ हजार कित्ता शेयर चार अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३६ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज शिखर इन्सुरेन्स, वरुण हाइड्रो र जीवन विकास लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर झन्डै सात प्रतिशतले तथा सिन्धु विकास बैंक र साम्लिङ पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्