क्लासिक टेक कम्पनीमा ६ सय ६४ जनालाई राेजगारीको अवसर

काठमाडौं, पुस ८ ।  इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि ब्रान्च म्यनाजरदेखि फाइबर टेक्निसियनसम्म ६६४ कर्मचारी मागेको छ।

नेपालमा सन् २००९ देखि शुभाराम्भ भएको कम्पनी १२ वर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ।

दुर्गम क्षेत्रदेखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न कम्पनीले देशभरि कर्मचारी मागेको हो।

कम्पनीले स्टाफ हरुलाई बिषेस सेवा सुबिधा दिदै आएको छ । सामाजिक सुरक्षा कोष (एसएसफ मा पनि लागेको र कर्मचारीहरुले राम्रो पहिचान पाउने कम्पनीले बताएको छ।बेसिक सेलरीमा ओभर टाइम , इन्सेंतिव ,फ्यूल , मर्मत खर्च लगायत अरु खर्च पनि कम्पनीले दिँदै आएको छ ।

हाल कम्पनीमा १५०० जना कर्मचारी कार्यरत रहेको र सेवा सुबिदा मा थप प्राथमिकता र जोड दिन कर्मचारी हरुको माग भइ आएको छ ।

हाल ७४ जिल्ला मा सेवा दिंदै आएको क्लास्सिक टेक ले ग्रामिण तथा दुर्गम इन्टरनेट नपुगेको ठाउमा समेत आफ्नो सुबिदा पुगाउने लक्ष्य राखेको छ । सोही लक्ष्य प्राप्तिका निम्ति कम्पनीले कर्मचारी हरुको माग गरेको हो ।कम्पनीले तल्लो तह बाट मत्थिलो तह सम्ममा कर्मचारी मागेको छ।

ब्रान्च म्यानेजर २८ जना ,फ्रन्ट डेस्क अस्सोसिएट ८० जना , डोर टू डोर सेल्स अस्सोसिएट २५० जना,फाइबर सेल्स अस्सोसिएट -बाइक राइडर २०० जना ,फाइबर सुपरवाईजर ६२ जना ,एचआर म्यानेजर २ जना , कोर्पोरेट म्यानेजर २ , कल सेन्टर अस्सोसिएट ४० जना माग गरिएको हो।

कम्पनीले भनेको छ, ‘इच्छुक व्यक्तिले क्लासिकटेकमा अपलाई गर्नलाई email- career@classic.com.np मा आफ्नो अपडेटएड सिवि पठाएर सम्पर्क गर्न सकिनेछ । https://www.facebook.com/ClassicTech ,https://www.classic.com.np/contact/career/ वा ९८०१००६६३३ बाट पनि सोधपुछ गर्न सकिने छ।’

प्रतिक्रिया दिनुहोस्