बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो आज ?
काठमाडौं पुस ८ । नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले बढेको हो ।
योसँगै छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँसमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्