सनराइज बैंक सहकारीमा डेबिट कार्डमार्फत भुक्तानी सुरु
काठमाडौं, पुस ७ । सनराइज बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था गरेको छ। बुधबार बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो।
उक्त सेवा विस्तारको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता समेत गरेको छ।
कार्यक्रममा बोल्दै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले ४ वर्षको प्रयासपछि सहकारीमा भिसा डेविड कार्ड प्रयोगमा ल्याउन सफल भएको बताए।
सीईओ शर्माले नेपाल सरकार तथा केन्द्रीय बैंकले मौद्रिक नीतिमा नै सहकारीलाई पनि डिजिटल बैंकिङ कारोबारका ल्याउन योजना अनुसार यो कार्यक्रम सनराइज बैंकले सुरु गरेको बताए।
उनले सहकारी र बैंक बीचमा भिसा तथा डेविट कार्ड मार्फत भुक्तानी गर्ने सक्ने व्यवस्था दक्षिण एसियामा नै पहिलो भएको बताए।
सीईओ शर्माले यो कार्यले सहकारीमा समेत ग्राहकको विश्वास बढ्ने बताए। शर्माले भने, ‘सनराइज बैंकको भिसा डेविट काड सहकारीले पनि आफ्ना ग्राहकहरुलाई दिन्छ। अब बैंकसँग सम्झौता गरेका सहकारीहरुले सनराइज बैंकको जुनसुकै एटिएमबाट पैसा झिक्न सक्छन्। यो अभ्यास दक्षिण एसियामा नै पहिलो हो।’
४ वर्षको अथक प्रयासपछि आजबाट सुरु गर्न सफल भएको उनले बताए।
‘मभन्दा पहिला रहनुभएको सिइओले सुरु गर्नुभयो। मेरो कार्यकालमा सफल भयो । नेपाल राष्ट्र बैंकको पनि सहकारीलाई डिजिटल बैंकिङ सेवा पु¥याउने योजना अनुसार भएको छ’, उनले थपे, ‘यो सेवाले सहकारीको क्षेत्रमा पनि राम्रो सुधार हुने देखिन्छ । सनराइज बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवामा विस्तारलाई तीव्रता दिएको छ। अहिले सनराइज बैंक ग्राहक १० लाख पुगेका छन । भने ३ लाख भन्दा माथि डेविट कार्ड,१० हजार क्यूआर कार्ड १५८ एटिएम मार्फत सेवा विस्तार गरिरहेको छ।’
बैंकले पहिलो चरणमा चार वटा सहकारी संस्थासँग भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्थामा सम्झौता गरिसकेको छ।
भिसा ब्राण्डअन्तर्गत सहकारी संस्थाको ग्राहकको लागि भिसा डेबिट कार्ड जारी गर्ने यो योजना दक्षिण एसियामा पहिलो भएको छ। सनराइज बैंकले यो परियोजनाअन्तर्गत जारी हुने कार्ड मार्फत हुने कारोबारको लागि सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस्