शेयर बजारमा हरियाली: ९२ अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाडौं, पुस ७ । मंगलबार र बुधबार बजार मापक सूचक नेप्सेमा रौनक आएको छ । मंगलबार अर्धसतक भन्दा धेरैले बढेर बन्द भएको बजार बुधबार पनि सोहि लयमा रहेको छ ।

शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि उच्च अङ्कले बढेको छ । हिजो मङ्गलवार ५७ अङ्कले बढेको नेप्से आज ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार पाँच सय सात दशमलव ७० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।आज दुई सय ३३ कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम र सङ्ख्यामा पनि सुधार आएको छ । हिजो कारोबार रकम साढे दुई अर्ब रुपैयाँ पनि पुगेको थिएन । आज ८१ लाख चार हजार कित्ता शेयर चार अर्ब ५२ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ६८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज अरुण भ्याली हाइड्रो, वरुण हाइड्रो, माथिल्लो तामाकोसी, शिवम् सिमेन्ट र स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्