आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ , ७ पुस । मंगलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर एक हजार २३५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्