स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने
काठमाडौं, ५ पुस । बैंकहरुमा तरलता अभाव भइरहेको बेला अर्थमन्त्रालयले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ।
बैंकहरुमा तरलता अभावले निक्षेपमा समस्या भइरहेको अवस्थामा अर्थ मन्त्रालयले बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउनेगरी ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गर्न मन्त्रालयले राष्ट्र बैंकलाइ पत्र लेखे पछि ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने भएको हो ।
यस्तो रकम आयात र व्यापारिक क्षेत्रमा भने लगानी गर्न नपाइने मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ । सरकारले बर्षमा ३ खर्ब ८७ अर्ब रुपैयाँ बजेट स्थानीय तहमा पठाउने गर्छ। अहिले यो रकमको ५० प्रतिशत अर्थात एक खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउथे र तर अब भने बैंकहरुले ८० प्रतिशत गणना गर्दा ३ खर्ब रुपैयाँभन्दा धेरै रकम निक्षेपमा गणना गर्न पाउछन्। सरकारले यो रकम शिर्षक अनुसार त्रैमासिक र चौमासिक रुपमा पठाउने गरेको छ।
प्रतिक्रिया दिनुहोस्