५७ जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई खोप लगाईंदै

काठमाडौं, ५ पुस । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरूद्धको मोडर्ना खोप लगाउन सुरू गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो ९पुस ४० देखि पुस १४ गतेसम्म लगाउन मिल्न गरि खोप दिन सुरू गरिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, खोप शाखा प्रमुखका अनुसार ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाका लागि झन्डै साढे १८ लाख खोप पठाइएको बताएका छन् ।

एकैपटक सबै जिल्लालाई पुग्ने खोप अहिले नरहेकाले सुरूमा ५७ जिल्लामा दिइने र थप खोप आएपछि बाँकी रहेका जिल्लाहरूमा पठाइने छ ।
५७ जिल्लामा प्रदेश १ का ११ वटा, प्रदेश २ का ५ वटा, बागमतीका ७ वटा र गण्डकीका ९ वटा छन्। यसैगरी लुम्बिनी र कर्णालीका ९ वटा र सुदूरपश्चिमका ७ वटा जिल्लाहरू छन्।

 

मन्त्रालयका अनुसार पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा दिइने छ । खोप दिन बाँकी रहेका जिल्लामा पनि छिट्टै दिइने छ ।

प्रतिक्रिया दिनुहोस्