नेशनल लाइफको वरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौं , पुस ४ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुलाई सम्मान गरेको छ ।
कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रम अन्तर्गत चियरपर्सन क्लब सदस्य सम्मान नामक कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने ५०० जना व्यवसायिक एजेन्सी लिडरलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८ प्रदान गरिन् ।
आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको पनि कम्पनीले जनाएको छ ।
पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतीय भएका छन् ।
अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे प्रथम, रत्नबहादुर खत्री द्वितिय र टीका प्रसाद खरेल तृतीय भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्