साताको नेप्से– परिसूचक ७३ अंकले घट्दा लगानीकर्ताको एक खर्ब गुम्यो

काठमाडौं , पुस ३ । यो साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ७३ अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्मको पाँच कारोबार दिनमा नेप्से सूचकमा उक्त अंकको गिरावट आएको हो ।

साताको पहिलो दिन आइतबार २४ सय ४९ अंकबाट सुरु भएको कारोबार बिहीबारसम्ममा घटेर २३ सय ७६ अंकमा आइपुगेको छ ।

सातामा कारोबार भएका पाँच दिनमध्ये चार दिन नेप्से घटेको हो । आइतबार ८८ अंक, सोमबार ७९ अंक, बुधबार ४ अंक र बिहीबार ३७ अंकले घटेको हो । यसबाहेक, मंगलबार एकैदिन नेप्सेमा १३७ अंकको सुधार आएको थियो । उक्त दिन नेप्से सकरात्मक सर्किट लाग्दै बन्द भएको थियो । यसबाहेक नेप्से अन्य सबै दिन घटेको हो ।

यो साता नेप्सेमा आएको गिरावटबाट लगानीकर्ताले एक खर्ब रुपैयाँभन्दा बढी गुमाएका छन् । गत साताको बिहीबार ३४ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँ रहेको बजार पुँजीकरण यो साताको बिहीबार ३३ खर्ब ३१ अर्ब रुपैयाँमा आइपुगेको छ ।

साताका पाँच दिनमा बजारमा १६ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । साताभर दुई लाख ५२ हजार कारोबारमार्फत तीन करोड ६४ लाख कित्ता सेयर उक्त मूल्यमा किनबेच भएको हो ।

प्रतिक्रिया दिनुहोस्