अन्र्तक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सचांलन

काठमाडौं, पुस २ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्र्तक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सचांलन भएको छ ।

उक्तकार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका छन् । साथै समस्त धितोपत्र बजारको विभिन्नआयामहरुको बारेमा समेत छलफल गरिएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश स्तरमा लगानिकर्ता सचेतना अभिवृद्घि कार्यक्रमको सुरुवात सुदुर पश्चिम प्रदेशको धनगढी बाट गरिएको समेत जानकारी दिएको छ ।

उक्त कार्यक्रममा लगानिकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको छ । आगामी दिनमा अन्य प्रदेशहरुमा यस्तै सचेतनामुलक कार्यक्रम सचांलन गरिने समेत क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्