विश्व बैंकबाट प्राप्त १८ मिलियन अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौं, पुस २ । मन्त्रिपरिषदले विश्व बैंकबाट प्राप्त १८ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ।

बिहीवार बसेको मन्त्रिपरिषद बैठकले कोभिड – १९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको हो।

ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

यस्तै, मन्त्रिपरिषदको बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्