सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरूलाई ६.०५ प्रतिशत लाभांश दिने

काठमाडौं, पुस २ ।  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

२०७८ पौष २ गते बसेको बैंक सञ्चालक समितिको ३५२ औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशतले हुन आउने गरी ५.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो ।

२०७८ असार मसान्तमा कायम बैंकको चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ ५० पैसा रहेको छ । योसँग बैंकले ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ ३९ पैसा बोनस सेयरमा खर्च गर्नेछ भने, ‘०.३० प्रतिशतले हुन आउने २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा नगद लाभांशमा खर्च गर्नेछ ।’

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात सर्वसाधारण लगानीकर्ताहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्