कुमारी बैंकको मोबाइल एप्समार्फत फोनपे नेटवर्कमा किस्ताबन्दीमा रकम भुक्तानी गर्न सकिने

काठमाडौं, पुस २ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाईल एप्समार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ।

एफवान सफ्ट, फोनपे र बैंकको सहकार्यमा बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको जनाइएको छ। यस सुविधामा बैंकमा खाता रहेका ग्राहकले क्युआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सक्नेछन्।

यो सुविधाका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्