सिटिजन्स बैंक र ऐना युनिसेक्स सैलूनबीच समझदारी

काठमाडौं, पुस १ । सिटिजन्स बैंक र ऐना युनिसेक्स सैलूनबीच सहकार्य गर्ने सम्झौता भएको छ । दुई कम्पनीले सिटिजन्स बैंकका कार्डबाहकलाई सैलुनमा छुट दिएर सहकार्य गर्ने समझौता गरेका हुन् ।

समझदारीपत्रमा हस्ताक्षरपछि बैंकका सेवाग्राहीले विषेश छुट पाउने बताइएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

मोबाइल बैकिङमार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ शाखा, १२३ वटा एटीएम, ८७ वटा शाखारहित सेवामार्फत १२ लाख ८० हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्