४ अंकले घट्यो सेयरबजार , साढे ४ अर्बको किनबेच

काठमाडौं, मंसिर २९ । शेयर बजार परिसूचक नेप्से आज सामान्य घटेको छ । आज ४.२३ अंकको गिरावट आएको छ।

नेप्से आज चार दशमलव २३ अङ्कले घटेर दुई हजार चार सय १४ विन्दुमा पुगेको छ । हिजो एक सय ३७ अङ्कले बढेको नेप्से आज घटेको हो ।

नेप्से ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा रोकिँदा सेन्सिटिभ सूचक शून्य दशमलव ८९ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यो साता आइतबार र सोमबार लगातार उच्च अंकको गिरावट आएको बजारमा मंगलबार ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो। तर आज बुधबार फेरि ओरालो लागेको हो।

आज २२८ कम्पनी कारोबारमा सामेल भएकामा साढे ४ अर्बको सेयर किनबेच भएको छ। बढेर सुरु भएको कारोबार सूचक घटेर बन्द भएको हो।

बुधबार १३ मध्ये वाणिज्य बैंक, होटल र पर्यटन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा समूहको सूचक ओरालो लागेको नेप्सेले जनाएको छ।

आज कम्पनीहरुको ९.९८ प्रतिशतसम्म सेयर मूल्य बढेको छ भने घट्ने कम्पनीको ५.३४ प्रतिशतसम्मले घटेको छ। यता कम्पनीहरुको १६ करोड रुपैयाँसम्मको उच्च कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्