अर्थमन्त्री शर्मालाई भेटे शेयर लगानीकर्ताले , माग पूरा गर्ने आश्वासन
काठमाडौं, मंसिर २८ । शेयर लगानीकर्ताका सङ्घ–संस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेको छ । शर्मालाई भेटेर माग पूरा गरिदिन आग्रह उनीहरुले आग्रंह गरेका छन् ।
आज मङ्गलवार सिंहदरबारमा भएको भेटमा लगानीकर्ताले पुँजी बजारको वर्तमान अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति, ५८ बुँदे मागका बाँकी काम लगायतका विषयमा पनि ध्यानाकर्षण गराएका थिए ।
यता जवाफमा अर्थमन्त्री शर्माले आफू पुँजी बजारको दिगो विकास र विस्तारका लागि लागिपरेको प्रतिक्रिया दिएका छन् । धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै लगानीकर्ताका माग पूरा गर्ने आश्वासन पनि शर्मा दिए ।
प्रतिक्रिया दिनुहोस्