लुम्बिनी विकास बैंक लि. र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि.बीच डिजिटल कारोबार सम्झौता

काठमाडौं, मंसिर २६ ।  लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. सँग सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार लुम्बिनी विकास बैंकलि.सँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. को तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रतापश्रेष्ठ ले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिकएवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवाप्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्