सानिमा बैंकले काठमाडौंको बलम्बुमा खोल्यो शाखा

काठमाडौं, मंसिर २६ । सानिमा बैंक लिमिटेडले शनिबार काठमाडौंको बलम्बुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।

उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन्।

समारोहमा मह जोडीले काठमाडौंको बलम्बुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी सानिमा बैंकका अध्यक्ष पौडेलद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्