राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकैस्थानमा उभिनुपर्ने अवस्था आएको होः अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकैस्थानमा उभिनुपर्ने अवस्था आएको बताएका छन् ।
नेकपा (माले) बाट व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पनि वाम एकता जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रचण्डले बताए “ध्रुवीकरणको प्रक्रिया राष्ट्रिय आवश्यकता हो । समयको चाहना हो । समाजवादी क्रान्तिको आधार तयार पार्न हामीले एकीकृत प्रयास गर्न लागेका हौँ ।”
विचार, सिद्धान्त र समयको आवश्यकताका आधारमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीकाबीचमा एकता अत्यावश्यक र जरुरी रहेको भन्दै संविधान प्रदत्त समाजवादलाई लागू गराउनु आफूहरुको ध्येय रहेको समेत स्पष्ट पारे ।
साथै आर्थिक समृद्धि र परिवर्तनको चाहनालाई पूरा गर्ने लक्ष्यका साथ आफू माओवादी केन्द्रमा प्रवेश गरेको सांसद महराले बाताए ।
प्रतिक्रिया दिनुहोस्