विल्सन विक्रम (तक्मे बुढा)लाई पुत्रीलाभ
काठमाडौँ , २३ मंसिर । हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्रीलाभ भएको छ । विल्सनकी श्रीमती सरिना लामाले बिहीबार बिहान झापाको विर्तासिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
छोरी जन्मिएपछि खुशी बाँड्दै विल्सनले भने, ‘छोरीको आगमनसँगै आफूलाई निक्कै भाग्यमानी ठानेको छु । आमा र छोरीको अवस्था निक्कै नै राम्रो छ ।’ विल्सनका अनुसार छोरीको तौल ३ केजीको छ । विल्सनका दुई वर्षका छोरा पनि छन् । विल्सनले छोरीको नाम सभ्यता बी राई राखेको समेत जानकारी दिए ।
नेपाली हास्य क्षेत्रमा ‘मेरी बास्सै’ नामक हास्य सिरियलमा काम गरेपछि विल्सनको चर्चा चुलिएको थियो । यो सिरियलमा उनी ‘तक्मे बुढा’को नामबाट परिचित भएका हुन् । यसपछि उनले केही चलचित्रमा पनि काम गरे । विल्सन पछिल्लो केही समयदेखि भने झापामा घरायसी जीवनमा नै बढी व्यस्त देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्