आज महिला लघुवित्तको ५० प्रतिशत लाभांश पारित हुँदै
काठमाडौँ , २२ मंसिर । महिला लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि घोषणा गरेको लाभांश आज पारित हुने भएको छ ।
गत वर्षको सञ्चित मूनाफाबाट महिला लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । घोषित लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृतिसमेत दिइसकेको छ । संस्थाले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश दिँदैछ ।
बुधबार बोलाइएको साधारणसभामा यो प्रस्ताव सञ्चालक समितिले प्रस्तुत गर्ने कार्यसूची छ । महिला लघुवित्तले सर्वसाधारणका लागि शेयर जारी गरेपछि पहिलो पटक नै आकर्षक लाभांश घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्