मेलम्चीको पानी डिसेम्बरमै आउँछः खानेपानी तथा सरसफाई मन्त्री यादव

२० भदौ, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले यही डिसेम्बरभित्रै मेलम्चीको खानेपानी काठमाडौं आउने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘ढुक्क हुनुहोस्, मेलम्चीको खानेपानी काठमाडौंबासीले यही वर्षको डिसेम्बरभित्रै खान पाउँछन् ।

उनले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाज्यूकै पालामा मेलम्चीको पानी काठमाडौं आउँछ, मेरै पालामा पानी आउँछ, यसमा कुनै दुई मत छैन ।”
प्रधानमन्त्री देउवाले आयोजनाको अवलोकन गरेको उल्लेख गर्दै थपे, “उहाँले स्वयम् बजेटको कुनै अभाव हुँदैन भन्नुभएको छ, अब पानी काठमाडौं आउने भयो, आउने भयो, आउने भयो ।”

यही दशैंभित्रै मेलम्चीको पानी ल्याउने भनिएको थियो । तर काम पूरा भइ नसकेकोले अब पुस महिनाभित्र आइपुग्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्