सानिमा बैंकको १० लाख कित्ता संस्थापन सेयर बिक्री हुँदै, क–कसले किन्न पाउछन् त ?

काठमाडौँ , १७ मंसिर । सानिमा बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्री हुँदैछ । बैंकको केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

इच्छुक संस्थापक सेयरधनीले न्यूतम २२० रुपैयाँलाई आधार मानेर सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापकले मंसिर १७ गते अर्थात शुक्रबारदेखि ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्सालमा निवेदन दिनसक्ने छन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्