एनएमबि बैंकलाई “बैंक अफ दि इयर एशिया २०२१” पुरस्कार
काठमाडौं, १६ मंसिर । एनएमबि बैंकले “बैंक अफ दि इयर एशिया २०२१” पुरस्कार पुरस्कार पाएको छ । बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले उक्त पुरस्कार एनएमबि बैंकलाई दिने निर्णय गरेको हो ।
यो पुरस्कार नेपाली बैंकिङ इतिहासमा नै पहिलोपटक एनएमबि बैंकले प्राप्त गरेको हो । यो सँगसँगै एनएमबिलेख द बैंक अफ दि इयर २०२१ अवार्ड पनि जितेको छ । एनएमबि बैंकको चौथो अवार्ड हो । उक्त पुरस्कार बैंकका अध्यक्ष पवन कुमार गोल्यमनले प्रधानमन्त्री शेयरबहादुर देउवाको हातबाट ग्रहण गरेका हन् ।
सन् २००० मा स्थापित बैंक अफ द इयर अवार्ड प्रत्यक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य पूर्वी युरोप, एशिया, अमेरिका मध्य पूर्व र अफ्रिका महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ। यो पुरस्कारलाई विश्वभरीका बैंकहरुको मूल्याँकन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने प्रतिष्ठित वआर्डको रुपमा लिइन्छ ।
दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धता जस्ता मानक सुचकलाई आधार मानी यो अवार्ड दिने निर्णय गरिन्छ । यउसको सूचकका आधारमा एनएमविले यो अवार्ड जितेको हो ।
प्रतिक्रिया दिनुहोस्