भारतले नेपाली भूमिमा एकतर्फी पुल बनाएपछि नेपाली पक्षको विरोध : सीमा समस्याबारे नेपाल-भारत बिच आज वार्ता

काठमाडौं । नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको सिमा समस्याका बारेमा छलफल गर्न आज बैठक बस्ने भएको छ । भारतले नेपाली भूमिमा बाटो र महाकालीमाथि एकतर्फी पुल बनाएपछि नेपाली पक्षले त्यसको विरोध गर्दै आएको छ ।

बैठक भारतको पिथौरागढ जिल्लामा दुई जिल्लाका अधिकारीबिच बस्ने छ । नेपाली भूमिमा बाटो र र महाकालीमाथि एकतर्फी पुल बनाएको भारतले त्यसलाई बैधता दिन दबाब दिदैँ जिल्ला प्रशासन कार्यालय दार्चुलामा हिजो निवेदन पेश गरेको छ ।

भारत पिथौरागढ जिल्लाको उत्तरपूर्वी सीमा क्षेत्रका नागरिकहरूको सहज आवागमनका लागि भन्दै नेपाली भूमिमा भारतले बनाएका पुल र बाटोलाई थप विकास गर्न तर नहटाउन भन्दै निवेदन दिइएका हुन् । भारतले नेपालको स्वीकृति पाउनुपूर्व नै उक्त क्षेत्रमा बाटो र पुल निर्माण गरेको भन्दै विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्