कनेक्ट आईपीएसको शुल्क घट्यो

काठमाडौं, १५ मंसिर । नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीमा लाग्ने शुल्का घटाएको छ । हाउसले मंसिर ७ गते बाट लागू हुनेगरी कनेक्ट आईपीएस प्रणालीमा लाग्ने कारोबार शुल्क घटाएको हा । नयाँ कारोबार शुल्क अनुसार अब बैंक तथा वित्तिय संस्था र भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले जति पनि कारोबार अधिकतम ८ रुपैयाँमा गर्न सक्ने भएका छन् । अर्थात् कम्पनीले यसअघि कायम फन्ड ट्रान्सफर शुल्क घटाउँदै न्यूनतम २ रुपैयाँदेखि अधिकतम ८ रुपैयाँ कायम गरेको हो ।

परिवर्तित शुल्कअनुसार अब कम्पनीले रु. ५०० सम्मको भुक्तानीमा प्रति कारोबार २ रुपैयाँले शुल्क लिनेछ भने रु. ५०० भन्दा माथि रु. ५,००० सम्म प्रति कारोबार ४ रुपैयाँ र सो भन्दा माथि जति पनि भूक्तानी कारोबारमा जम्मा ८ रुपैयाँ शुल्क लिने जनाएको छ ।

यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्ट आईपीएस वेबरमोबाइल एप, बैंकरवित्तिय संस्थाका मोबाइलरइन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोडरविड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास लिएको छ
कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क रु २ देखि ५ कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवद्र्धनका निम्ती एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ । हालै नेपाल राष्ट्र बैंकबाट बैंकरवित्तिय संस्थाको मोबाइल बैंकिङ्गमा कारोबार शुल्क रु १० देखि अधिकतम रु ३० सम्म तोकिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्ट आईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ त्यसै गरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या १ लाख १७ हजार १२ तथा रकमको आधारमा दैनिक औसत रु ८।३ अर्ब बराबरको रहेको हाउसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्