एक वर्षमा मदिराबाट २४ अर्ब ३२ करोड अन्त : शुल्क संकलन

काठमाडौँ , १४ मंसिर । नेपालमा मदिरा र बियरले अन्तःशुल्क राजस्वमा बढी योगदान गर्ने गरेको पाइएको छ ।

विभागको तथ्यांक अनुसार मदिराबाट एक वर्षमा २४ अर्ब ३२ करोड रुपैयाँ अन्तःशुल्क राजस्व उठेको छ । आन्तरिक राजस्व विभागको आंकडा अनुसार आर्थिक वर्ष २०७७र७८ को एक वर्षको अवधिमा अन्तःशुल्क राजस्व संकलन ८१ अर्ब ५१ करोड रुपैयाँ भएको छ । यसमा सबैभन्दा ठूलो योगदान मदिरा र बियरको रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

हरेक वर्ष सरकारले स्वास्थ्यका लागि हानिकारक मानिने वस्तुहरुमा लगाउने करमा वृद्धि गर्दै लगेको छ । पछिल्लो ७ वर्षमा अन्तःशुल्क राजस्व करिब तेब्बरले वृद्धि भएको पाइएको छ । यद्यपि खपतमा भएको वृद्धि र करको दायरा बढ्दै जाँदा अन्तःशुल्क राजस्व समेत बढेको विभागको भनाइ छ ।

बियरबाट यस्तो राजस्व २१ अर्ब रुपैयाँ संकलन भएको छ ।सिगरेटरबिँडीजस्ता टोबाको सेवन गर्नेबाट एक वर्षमा २० अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अन्य औद्योगिक उत्पादनबाट भने एक वर्षमा मात्र १५ अर्ब ८० करोड रुपैयाँ अन्तःशुल्क उठेको छ । यस आधारमा हेर्दा कुल अन्तःशुल्कमा बियर र मदिराबाट मात्र ५५.६ प्रतिशत योगदान भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्