‘म डराउने खालकी होइन’ : कंगना रनौट

काठमाडौँ , १४ मंसिर । बलिउड नायिका कंगना रनौटलाई हत्या गरिदिने धम्की दिइएको छ । त्यसपछि नायिकाले प्रहरीलाई धम्की दिने भठिन्डाका एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छिन् ।

यो कुरा कंगना आफैंले सोसल मिडियामा पोस्टमार्फत् सेयर गरेकी हुन् । यो पोस्टमा कंगनाले एफआईआरको कपी पनि सेयर गरेकी छिन् । उनले योसँगै एउटा लामो नोट पनि सेयर गरेकी छिन् ।

जसमा उनले लेखिन्, ‘मुम्बईमा भएको आतंककारी हमलाका शहीदलाई याद गर्दै मैले गद्दारलाई कहिल्यै माफी नगर्न र नबिर्सिन भनेको थिएँ । यस्तो प्रकारको हरेक घटनामा आन्तरिक गद्दारको सबैभन्दा ठूलो हात थियो । नभए पाकिस्तानी आतंकवादीले मुम्बईमाथि हमला नै गर्ने हिम्मत गर्नसक्थे ।’

प्रतिक्रिया दिनुहोस्