आज सुनको मुल्य १०० रुपैयाँ घट्यो, चाँदीभने १० रुपैयाँले बढ्यो

काठमाडौँ , १३ मंसिर । गत आइतबारको तुलनामा आज सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १०० रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको छ । यस्तै यता चाँदी गत आइतबारको मूल्य तोलामा १० रुपैयाँले बढ्दै आज एक हजार २२० रुपैयाँ पुगेको छ ।

गत आइतबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य समेत आज गत आइतबारको मूल्य १०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्