बक्स अफिसमा ‘सत्यमेव जयते २’को कमजोर शुरुवात
काठमाडौँ , १० मंसिर । समीक्षकको समेत निक्कै राम्रो समीक्षा पाएको चलचित्र ‘सत्यमेव जयते २’ले बक्स अफिसमा कमजोर शुरुवात गरेको छ ।
यो चलचित्रले बक्स अफिसमा बिहीबार ८ देखि १० करोड भारुको व्यापार गर्ने विश्लेषण फिल्म पण्डितहरुको थियो । तर, चलचित्रको बिहीबारको व्यापार कमजोर देखिएको छ । यो चलचित्रले रिलिजको पहिलो दिन ३.६० करोडको कमाइ गरेको छ ।
चलचित्रको व्यापार मल्टिप्लेक्स हलहरुमा कमजोर छ । सिंगल हलमा यो चलचित्रको व्यापार मल्टिप्लेक्सको तुलनामा केही राम्रो भएपनि बलियो भने नभएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्रले शुक्रबारबाट सलमान खान अभिनित चलचित्र ‘अन्तिम’सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्नुपर्नेछ । यसैले पनि जोनको तीनवटा चरित्र रहेको चलचित्रको व्यापार उकासिने अपेक्षा कमै मात्र गर्न सकिन्छ ।
चलचित्रको ट्रेलर र गीतले राम्रो हाइप कमाएपनि व्यापार भने कमजोर हुँदा बलिउड विश्लेषक तथा प्रदर्शकहरु नै अचम्ममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्