मुलुकको बजेट प्रणाली नै समस्याग्रस्त : अर्थमन्त्री शर्मा
काठमाडौं, मंसिर ८ । अर्थमन्त्री जनार्दन शर्माले बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै मुलुकको बजेट प्रणाली समस्याग्रस्त रहेको बताएका हुन् ।
उनले कोभिड–१९ पछिको आर्थिक पुनरूत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको बताए । “आर्थिक पुजरूत्थानमा सहुलियत दिने प्रयास जारी छ, तर पूर्ण छैन । राहतका कार्यक्रम निजी क्षेत्रको अपेक्षाकृत छैन । त्यसलाइ पूरा गर्ने प्रयास जारी छ,” उनले भने ।
राष्ट्र निर्माण र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रशंसायोग्य भएको उनको भनाइ थियो । नेपालको आर्थिक विकासका लागि स्रोत–साधन पर्याप्त भए पनि उपयोग गर्ने क्षमताको अभाव भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्