जाडो मौसममा तौल घटाउने ६ घरेलु उपाय, थाहा पाइराखौं
काठमाडौं, मंसिर ७ । चिसो मौसम लागेसँगै मानिसलाई बढी खाना रुच्छ । खाना धेरै रुचेसँगै शरीरको तौल पनि बढिरहेको हुन्छ । चिसो मौसममा खाइने खानाहरूमा भरपुर पोषण, फाइवर र कोलेस्टोर हुने गर्दछ ।
सामान्यतया पछिल्लो समय बाहिरको खानामा मानिसको रुचि बढिरहेको छ । यस्ता खानाहरूले हामीलाई दिनानु मोटापनको सिकार बनाइरहेको हुन्छ । शरीरलाई अनावश्यक खानाले पनि शरीरको तौल बढाइरहेको हुने विभिन्न अध्ययनहरूको निष्कर्ष छ ।
आजको समयमा फिट रहन र शरीरलाई स्वस्थ राख्न पनि आवश्यक छ । चिसो मौसममा शरीरको तौल घटाउने घरेलु उपायको बारेमा हामीले चर्चा गर्दैछौं ।
१.गाजर: गाजरमा भरपुर मात्रामा फाइबर पाइने हुनाले लामो समय सम्म भोक लाग्दैन । गाजरमा कम क्यालोरी र नन स्टिकी हुने हुँदा यसले शरीरको तौल बढ्न कम गर्दछ । शरीरले लामो समयसम्म गाजर लाई पचाउन नसक्ने हुँदा स्वभाविक रूपमा भोक लाग्दैन र वजन बढ्दैन ।
२.चुकन्दर: चुकन्दरमा फाइबर को मात्रा बढि पाइन्छ । १ सय ग्राम चुकन्दरमा ४३ क्यालोरी र ०.२ प्रोटिन पाइन्छ । यसले शरीरको पोषण तत्व बढाउँछ । शरीरमा रगतको मात्रा बढाउँछ र शरीरलाई स्वस्थ राख्छ ।
३.दालचिनी: जर्नल अफ न्युट्रिसियनका अनुसार मेटावेलिज्म सिस्टमलाई तन्दुरुस्त राख्दछ । यसले इंसुलिनलाई पनि नियन्त्रण गर्दछ । जसको कारण शरीरको वजन बढ्न कम गर्छ ।
४.मेथी: मेथीले सुगर लाई नियन्त्रण गर्न मद्दत गर्दछ । चिसोको समयमा वजन घटाउन मेथी कुनै औषधि भन्दा कम हुँदैन । यसलाई हामीले दैनिक रूपमा प्रयोग गरिरहेका पनि हुन्छौं । मेथीले इंसुलिनलाई नियन्त्रण गरी मेटावोलिजम्मलाई दुरुस्त राख्छ ।
५.पानी: चिसो पानीले शरीरलाई डि–हाइड्रेट गर्ने खतरा बढि हुन्छ । यसका कारण मेटावोलिज्म सिस्टमलाई असर पुर्याउँछ । यदि तातो पानि हर्वल टि प्रयोग गरिएमा शरीरलाई हाइड्रेट राख्न सकिन्छ र भोक लाग्नबाट लामो समय सम्म रोक्छ ।
६.अम्बा: अम्बा एक स्वादिष्ट फल हो । शरीरलाई चाहिने फाइबर १२ प्रतिशत पूरा गर्न सक्दछ । यसको प्रयोगबाट मोटोपन घटाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्