भ्रष्टाचार आरोपमा थुनिएका पूर्व महानिर्देशक शर्मा ४५ लाख धरौटीमा छुटे

काठमाडौं । रु.४ करोड भन्दा बढि भ्रष्टाचार मुद्दा खेपिरहेका आन्तरीक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा दोस्रो भ्रष्टाचार मुद्दामा ४५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको थियो ।
अदालतले शर्मालाई ४ करोड बराबरको भ्रष्टाचार मुद्दामा ४५ लाख धरौटीमा रिहा गर्ने आदेश गरेपछि उनी धरौटी रकम बुझाएर छुटेका हुन्। ।
विशेष अदालतका न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीकाराज ढकालको इजलासले शर्मासँग ४५ लाख धरौटी माग गर्ने आदेश गरेको हो ।

शर्मा आइतबार विशेष अदालतमा उपस्थित भएका थिए। श्र्माको विशेष अदालतमा रहेको यो दोस्रो मुद्दा हो ।
कर फस्र्यौट आयोगको सदस्य सचिव रहँदा एक अर्ब राजश्व हिनामिना गरेको अभियोगमा दायर गरिएको भ्रष्टाचार मुद्दामा एक करोड धरौटीमा रिहा भएका थिए ।

शर्मासहित कर फस्र्यौट आयोगका पदाधिकारीलाई १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता भएको थियो । शर्मा कर फस्र्यौट आयोग २०७१ को सदस्य सचिव थिए । आयोगले ३० अर्ब रुपैयाँ कर फस्र्यौट गर्दै २१ अर्ब रुपैयाँ हाराहारी व्यवसायीलाई छुट दिएको थियो । अर्का आरोपति महत भने अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्