कांग्रेस प्रदेश क्षेत्रीय अधिवेशन, देउवाकै जिल्लामा ‘विधानविपरीत’

काठमाडौं , मंसिर ४ । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा शुक्रबार प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन धुमधामसाथ उद्घाटन भयो । त्यहाँका दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति भने केन्द्रीय कार्यालयमा अनशनरत छन् । उनीहरूको प्रश्न छ– सभापतिको अनुपस्थितिमा अधिवेशन गर्ने प्रावधान कांग्रेसको कुन विधानमा छ रु

डडेलधुरा कांग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लसहित प्रदेशसभा (क) का सभापति मानबहादुर बुढामगर र प्रदेशसभा (ख) का सभापति करुणाकर भट्ट बुधबारदेखि सानेपामा रिले अनशनमा छन् । सभापतिको अनुपस्थितिमा प्रदेशसभा (क) र (ख) मा जिल्ला सचिवद्वय क्रमशः हेमराज चटौत र लक्ष्मीदत्त अवस्थीले अधिवेशनको अध्यक्षता गरे । ‘हामी सभापतिसहित सिंगो कार्यसमिति यता (काठमाडौं) छौं, उता (डडेलधुरामा) पञ्चे शैलीमा अधिवेशन भएको छ,’ प्रदेशसभा ९ख० का सभापति भट्टले भने, ‘वडा र पालिकामा पनि अवैधानिक रूपमा अधिवेशन भएका छन् ।’ उनका अनुसार १७ सदस्यीय प्रदेशसभा निर्वाचन क्षेत्रीय समितिका १२ पदाधिकारी केन्द्रीय कार्यालयमा अनशनमा बसिरहेका छन् । प्रदेशसभा ९क० को ५ सदस्यीय कार्यसमितिका ३ जना पनि अनशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्