सेयर बजार ३२ अंकले घट्यो, ६ अर्ब २७ करोड रुपैयाँको कारोबार

काठमाडौँ , मंसिर २-  साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.३९ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २७६९ अंकमा कायम भएको छ ।

कारोबार रकम पनि खुम्चिएको छ । कुल ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भयो । यसअघि बुधबार ७ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ २२, ब्यापार ६९, होटल तथा पर्यटन ५१, विकास बैंक १११, जलविद्युत ९३, फाइनान्स २७, निर्जीवन बीमा २०४, उत्पादन ७८, अन्य १९, माइक्रोफाइनान्स ९, जीवन बीमा २२७ र लगानी समूह १ अंकले घटे ।

कुल १६० कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको बढ्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । दुई कम्पनी मानुसी लघुवित्त र तेह्रथुम पावरको मूल्य १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको मूल्य साढे ६ प्रतिशतले बढ्यो । मैलुङखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घट्यो ।

 

प्रतिक्रिया दिनुहोस्