नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएको छ : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर २ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने औंल्याएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई लगानी गर्न आउन आग्रह समेत गरे ।

मन्त्री शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्वपूर्ण योगदान पु¥याएको पनि बताए । उनले भारतबाट आयात गर्ने मात्र नभइ नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री शर्माले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक रहेको बताए ।

उनले नेपालको हावा, पानी र माटो कृषि उत्पादनका लागि प्रशस्त स्रोतहरु भएको बताउँदै त्यस्ता स्रोतहरु प्रविधिसँग संयोजन गरी उत्पादन वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्