‘छक्का पञ्जा २’ को कारोबार १० करोड माथि

काठमाडौं । फूलपातीको दिनदेखि प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले प्रदर्शन भएको दिन देखि नै राम्रो कारोबार गरिरहेको छ । यो सिनेमा दोस्रो सातामा पनि हाउसफूल छ । प्रदर्शनमा आएको ११ दिनमा सिनेमाले १० करोड रुपैयाँभन्दा माथिको कारोबार गरिसकेको छ । गत वर्षको रेकर्ड ब्रेकर सिनेमा ’छक्का पञ्जा‘को सिक्वेल ‘छक्का पञ्जा २’ ले छोटो समयमै रेकर्ड तोडिसकेको छ ।
एक हप्तासम्म दिनहुँ करोडको कारोबार गर्ने ‘छक्का पञ्जा–२’ पहिलो नेपाली सिनेमाको रेकर्डको नाममा छ ।
देशभरका सयभन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरिसकेको छ ।
गत वर्ष सय दिन मनाएको ‘छक्का पञ्जा’ले सय दिन सम्म १७ करोडको कारोबार गरेको थियो । तर ‘छक्का पञ्जा २’ ले भने रिलिज भएको ११ दिनमै झण्डै १० करोड रुपैयाँभन्दा माथिको कारोबार गरिसकेको छ । सिनेमाको कारोबर अझै केही दिन यही गतीमा अघि बढ्ने पक्का छ ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाललगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्