पल शाह बने एनएमबी बैंकको ब्रान्ड एम्बेसडर

काठमाडौं, कातिक २८ । अभिनेता पल शाह एनएमबी बैंकको ब्रान्ड एम्बेसडर बनेका छन्। बैंकले शाहसँग यससम्बन्धी द्विपक्षीय समझदारी भएको जानकारी दिएको छ ।

उनीसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकको रहेको छ। यता अभिनेता शाहले पनि बैंकको ब्रान्ड एम्बेसडर हुन पाउँदा खुसी लागेको र बैंकको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

एनएमबी बैंकका देशैभर १८१ शाखा रहेका छन्। बैंकले १३७ एटीएम, नौवटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्