नेप्सेको प्रमुख कार्यकारीका लागि ११ जनाको आवेदन, क- कसले दिए ?

काठमाडौं , कातिक २८ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतका लागि ११ जनाले आवेदन दिएका छन् ।

नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणपछि मुछिएपछि राजीनामा दिएका थिए । रिक्त उक्त पदका लागि आइतबारसम्म आवेदन दिन मिल्ने थियो ।  तोकिएको समयभित्र ११ जनाले आवेदन दिएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यकाअनुसार डा। रमेशकुमार भण्डारी, जीवन अमगाई, प्रविना पन्दाक, बद्रिप्रसाद प्याकुरेल, निरन्जन फुयाल, दीपक गौतम, केशवप्रसाद श्रेष्ठ, गोविन्दप्रसाद दहाल, छविराज पन्त र रमेश घिमिरे छन् ।

प्रतिक्रिया दिनुहोस्