मंसिर १ गतेदेखि विधुत् महसुल समायोजन प्रक्रिया लागू हुन्छ : उर्जामन्त्री भुसाल

काठमाडौं, कातिक २८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंसिर १ गतेदेखि उपभोक्तालाई २० युनिट बिजुली छुट हुने बताएकी छिन् ।

उनले आगामी मंसिर १ गतेदेखि विधुत् महसुल समायोजन प्रक्रिया लागू हुने भएकाले सक्दो विद्युतको खपत बढाउनुपर्नेमा जोड दिएकी छन् । त्यसको लागि विद्युतीय सामानको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी हुन् ।

उनले विद्युत् महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतीय सामान, सवारी साधनको प्रयोग गर्न सुझाव दिएकी हुन् ।

आइतबार सामुदायिक रेडियो प्रसारक नेपाल संघ (अकोराव) ले आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री भुसालले सबै नेपाली जनताहरुलाई सवारी साधन, घरायसी प्रयोगका सामान किन्दा विद्युतीय सामानहरु किन्न आग्रह गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्