नेप्सेमा सामान्य गिरावट, कारोबार रकम चार अर्ब रुपैयाँ मात्रै

काठमाडौँ , कातिक २८ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा सामान्य गिरावट आएको छ । आइतबार नेप्सेमा १,३८ अंकको गिरावट आएपछि नेप्से २६८८,९२ विन्दुमा पुगेको हो ।

त्यस्तै आइतबार सेन्सेटिभ सूचक ०.२५ अंकले बढेको छ भने फ्लोट सूचक ०,२२ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ०.१२ अंकले बढेको छ ।

त्यस्तै आइतबार ७४ लाख ३४ हजार कित्ता शेयर कारोबार भएको छ भने ४ अर्ब ९ करोडको कारोबार भएको छ ।

त्यस्तै आइतबार बैंकिंग, हाइड्रोपावर, लगानी, जीवन वीमा, म्युचुअल फण्ड र ट्रेडिङ उपसूचक बाहेक अन्य सबै उपसूचकको शेयर मुल्य बढेको छ ।

आइतबार सबैभन्दा बढी शेयर मुल्य विकास बैंकको ३.१३ प्रतिशतले बढेको छ भने लगानी उपसूचकको शेयर मुल्य सबिभंदा बढी ३.५६ प्रतिशतले घटेको छ ।

त्यस्तै आइतबार बोटलर्स नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्त र तेर्हथुम पावरको शेयर मुल्य ९.९९ प्रतिशतले शेयर बढेको छ ।

त्यसैगरी हाइड्रो इलेक्ट्रोसिटीको शेयरमा नकारात्मक सर्किट लागेको छ भने सहास उर्जाको शेयर ८.७४ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको २७ करोडको कारोबार भएको छ भने आसीएफसी फाइनान्सको शेयर २४ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्