माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल कार्डलेस विथड्रल’, रकम झिक्न कार्ड नचाहिने

काठमाडौं ,  कात्तिक २८ – माछापुच्छ्रे बैंकले ‘एमबीएल कार्डलेस विथड्रल’ प्रणाली सुरु गरेको छ।योसँगै बैंकका एटीएम काउन्टरबाट कार्डविनै ग्राहकले पैसा निकाल्न सक्नेछन्।

त्यसका लागि मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सनमा गई बैंकको एटीएमहरुबाट नगद झिक्न सकिने बैंकले जनाउको छ। यो प्रक्रियामा आएको ओटीपी कोड भन्ने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकलाई अनुरोध गरेको छ।

बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको बैंकले विशेष गरी डिजीटल बैंकिङ्गमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्र्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरुमाझ सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्