माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न

 

काठमाडौं, कातिक २६ । माछापुच्छ्रे बैंक लिमिटेडको २३औँं वार्षिक साधारण सम्पन्न भएको छ । सभा शुक्रबार होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको हो ।

यस अवसरमा बैंकको आर्थिक बर्ष २०७७/७८को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक बर्ष २०७७/७८को नाफा/ नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८को बार्षिक प्रतिबेदनपारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४प्रतिशत लाभांश(०.७प्रतिशतनगद र १३.३० प्रतिशत बोनस लाभांश)वितरण गर्ने प्रस्तावपारित गरेको छ ।

साथै,संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरिएको छ। बैंकले गतआर्थिक वर्षमा १ अर्ब ६० करोड ७८लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी१७ रुपैंया ७६पैसा कायम गरेको थियो । बंैकको चुक्तापूँजी ९ अर्ब ५करोड रुपंैया तथा साधारण जगेडा कोषमा२ अर्ब७० करोड रुपैयाँ संचित छ ।

स्थापनाकाल देखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६२ वटा शाखाहरु लगायत १५४शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३१६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बंैकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदानगरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्