नेप्सेले फुकुवा गर्‍यो प्रभु बैंकको सेयर कारोबार

काठमाडौं, कातिक २६ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंकको रोक्का गरेको सेयर कारोबार फुकुवा गरेको छ।

बैंकले सेयर कारोबार भइरहेको समयमै सञ्चालक समितिको बैठक बसेर लाभांशको निर्णय गरेपछि नेप्सेले सात दिनभित्र स्पष्टीकरण बुझाउन बिहीबार निर्देशन दिएको थियो।

त्यसो गर्दा सेयरबजारको दोस्रो बजारमा चलखेल हुनसक्ने भएकाले नेप्सेले बैंकलाई स्पष्टीकरण सोधेको हो।

बैंकले नेप्सेलाई भोलिपल्टै आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने स्पष्ट प्रतिबद्धता जनाएपछि शुक्रबार नेप्सेले सूचना जारी गर्दै धितोपत्रको दोस्रो बजार कारोबार फुकुवा गरिएको नेप्सेका सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्