प्रभु बैंकको शेयर कारोबार रोक्का, ७ दिनमा स्पष्टीकरण पेश गर्न निर्देशन

काठमाडौं , कातिक २५ । नेपाल स्टक एक्सेचन्ज लिमिटेड ‘नेप्से’ ले प्रभु बैंकको सेयर कारोबारमा इन्साइडर ट्रेडिङको शंका गर्दै कारोबार रोक्का गरेको छ ।साथै नेप्सेले बैंकसँग ७ दिने स्पष्टीकरण पनि सोधेको छ ।

बैंकले लाभांश वितरणका सम्बन्धमा धितोपत्र सूचीकरण विनियमावली २०७५ को नियम ५ गम्भीर उल्लंघन गरेको नेप्सेको ठहर छ । धितोपत्रसम्वन्धी विनियमावलीमा कारोबार अवधिभित्रै लाभांश घोषणा गर्न नपाउने व्यवस्था छ ।

तर, प्रभु बैंकको कात्तिक २३ गते १ देखि ३ बजेको अवधिमा सञ्चालक समितिको बैठक बसी १२।६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

नेप्सले कारोबार अवधिमा बैठक बसेर लाभांश घोषणा गर्नुको कारण लेखेर पठाउन बैंकलाई भनेको छ ।

प्रतिक्रिया दिनुहोस्