नेप्सेमा विहिबार पनि उच्च गिरावट

काठमाडौँ , कातिक २५ ।  नेप्सेमा विहिबार पनि उच्च गिरावट आएको छ । विहिबार नेप्सेमा ५९.५७ अंकको उच्च गिरावट आएपछि नेप्से २६९०.५७ विन्दुमा पुगेको हो ।

त्यस्तै विहिबार सेन्सेटिभ सूचक १०.६३ अंकले घटेको भने फ्लोट सूचक ४.१७ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ३.६७ अंकले घटेको छ ।

त्यस्तै विहिबार २२५ कम्पनिको ९४ लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ भने कुल ५ अर्ब ११ करोड ९६ लाखको कारोबार भएको छ ।

त्यस्तै विहिबार सबै उपसूचकको शेयर मुल्य घटेको छ । विहिबार सबैभन्दा बढी शेयर मुल्य फाइनान्सको ४.२२ प्रतिशत र विकास बैंकको ३.६१ प्रतिशतले घटेको छ । त्यस्तै लगानी उपसूचकको मुल्य ३.०५ प्रतिशतले घटेको छ ।

त्यसैगरी हाइड्रोपावर, होटल र पर्यटन, निर्जीव वीमा, अन्य जीवन वीमाको शेयर मुल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै विहिबार मानुषी लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ भने तेर्हथुम पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमा ९.९९ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको ४७ करोडको कारोबार भएको छ भने नबिल बैंकको ३१ करोडको शेयर कारोबार भएको छ । त्यस्तै आसीएफसी फाइनान्सको शेयर २९ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्