मेगा बैंकले १२ प्रतिशत बोनस सेयर दिने

काडमाडौं, कातिक २४ । मेगा बैंकले आफ्ना सेयरधनीहरुलाई १२. ०७ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको ३४२औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट उक्त बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीले १२ प्रतिशतका दरले हुन आउने एक अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।

सञ्चालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकका साथै बैंकको आगामी वार्षिक साधारण सभामार्फत स्वीकृत हुन पर्छ ।

प्रतिक्रिया दिनुहोस्