कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य
काठमाडौँ, कातिक २४ । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए ।
२७(२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको थियो । तर त्यसलाई समाधान गरेर आज नामावली सार्वजनिक गरिएको सूचना अधिकारी अधिवक्ता केशव रिजालले जानकारी दिए ।
यता कांग्रेस रौतहटका केही नेता कार्यकर्ता भने क्रियाशीलता सदस्यतामाथि प्रश्न उठाउँदै केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्